सत्यराज चौलागाँई निर्देशित फिल्म ‘अनुराग’ ‘अनुराग’ का चार अफिसियल पोस्टर सार्वजनिक भएका छन् । साउन २५ बाट रिलिज डेट सारेर असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको अनुरागको पोस्टरहरु सार्वजनिक गरिएको हो । पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले र नव नायक समुद्र पण्डितको अभिनय रहेको छ । फिल्मलाई नव नायिका एलिजाले निर्माण गरेकी हुन् ।


सार्वजनिक पोस्टरमा नव–अभिनेत्री एलिजा र नव–अभिनेता समुन्द्रलाई रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । ‘कान्छा दाई’ र ‘यस्तो साथी’ बोलका दुई गीतबाट मज्जाको प्रतिक्रिया पाइरहेको अवस्थामा पोस्टर सार्वजनिक गरिएको हो ।
‘अनुराग’ मा एजिजा, समुद्रसंगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतको अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माताको रुपमा रहेका छन् । ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसीको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV