चर्चित संगीतकार बसन्त सापकोटाले नँया गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । संगीतकार सापकोटाकै शब्द, संगीत र स्वर रहेको ‘जाली रुमाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक ‘जाली रुमाल’ गीत पनि निकै मज्जाको बनेको छ । गीतका एरेन्जर रिकेश गुरुङ हुन् ।


लामो समय देखी एक पछि अर्काे हिट संगीत दिन सफल संगीतकार सापकोटा पहिल्लो समय गायनमा पनि सक्रिय हुन् थालेका हुन् । गीतको भिडियोमा नायिका मरिष्का पोखरेल र नायक तथा मोडल निराजन प्रधानको अभिनय रहेको छ । पछिल्लो समय फिल्ममा समेत ब्यस्त नायिका मरिष्का र निराजनको केमेष्ट्रि समेत हेर्न लायक छ ।
अर्जुन अधिकारी निर्देशित भिडियोमा सुरेन बसेलले कोरियोग्राफी गरेका छन् । उत्सब दहालले खिचेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV