नेपाली फिल्म बनाउनेहरुले हतारमा रिलिज डेट घोषणा गरिदिन्छन् । राम्रो मितिमा फिल्म ल्याउन सकिएला वा नसकिएला, तर रिलिज डेट भने घोषणा गरिदिने बानी नेपाली फिल्म मेकरको छ । निर्माता केशव भट्टराइले बनाइरहेको सिनेमा यात्राको पनि प्रदर्शन मिति यसरी नै तय गरिएको थियो ।

यो सिनेमाको घोषणा कार्यक्रममा नै असोज ५ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । निर्माता केशवले आफ्नो सिनेमा यो मितिमा जसरी पनि आउने बताएका थिए । तर, छायांकनमा ढिलाई भएपछि यात्रा असोज ५ मा नआउने फाइनल नै छ । यसको छायांकनका क्रममा मौसमले साथ नदिनु, आउटडोर छायांकन बढी हुनु आदिले पनि यात्रालाई असोज ५ गते ल्याउन निर्माता असमर्थ छन् ।

यो मितिमा वाँध मायाले र इन्टु मिन्टु लण्डनमा आउने फाइनल छ । सलिनमान बनियाँ मुख्य भूमिकामा रहेको सिनेमा अब अर्को कुन मितिमा आउँछ, टुंगो लागि सकेको छैन । फिल्म नबन्दै प्रदर्शन मिति तय गर्दा निर्मातालाई अप्ठ्यारो पर्ने गरेको छ ।

For More videos Log on to Mazzako TV