बाल कलाकार अनुभव रेग्मी निर्देशक विकासराज आचार्यकै नजिक छन् । अरु, फिल्ममा उनले काम गरेपनि दर्शकले उनलाई खासै पहिचान गरेनन् । तर, नाई नभन्नु लको सिरिजले भने उनलाई स्टार बनाइदिएको छ । उनै अनुभव रेग्मीलाई लिएर निर्देशक विकासराज आचार्यले नाई नभन्नु ल ११ सम्म बनाउने योजना बनाएका छन् ।

यसपछि भने विकासले अनुभवलाई लिएर नाई नभन्नु ल नबनाउने भएका छन् । विकासका अनुसार, यसपछि भने अनुभवलाई हिरो बनाउने योजना छ । नाई नभन्नु ल भन्दा नाई नभन्नु ल ५ मा आइपुग्दा अनुभव ठूला देखिन थालेका छन् । यसैले नाई नभन्नु ल ११ सम्म उनलाई लिएर फिल्म बनाउन सक्ने योजना विकासको छ ।

यसपछि, अनुभवलाई हिरोको रुपमा फिल्ममा लन्च गर्ने विकासले बताएका छन् । यसैले, नेपालकै सबैभन्दा लामो सिक्वेलको रुपमा नाई नभन्नु ल पर्ने कुरामा दुइमत छैन ।

For More videos Log on to Mazzako TV