प्रियंकाको उमेर घट्न थाल्यो ?
अभिनेत्री प्रियंका कार्कीले आफ्नो उमेर घट्न थालेको बताएकी छिन् । अभिनेत्री कार्कीले आफ्नो उमेर पहिलेको भन्दा अहिले कम हुन थालेको बताइन् । नाई नभन्नु ल ५ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निकै हट बनेर पुगेकी अभिनेत्री कार्कीले आफ्नो उमेर कम हुन थालेको बताएकी हुन् ।
उनले भनेकी छिन्–‘हो मलाई हिजोआज लाग्न थालेको छ कि, मेरो उमेर उल्टो जाँदैछ । म झन झन कम उमेरकी हुन थालेकी छु । यसका लागि मसँग एउटा बुटी पनि छ ।’ अभिनेत्री कार्की कार्यक्रममा बोल्ड बनेर पुगेकी थिइन् । सिनेमामा भने उनी स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिदैछन् । तर, झट्ट हेर्दा अभिनेत्री कार्कीलाई आमाको भूमिकाका काम गर्ने बेला नभएको जस्तो देखिन्छ ।
तर, उनी भने विकासराज आचार्य आफ्नो परिवारको सदस्य जस्तै भएको भन्दै सबै खालको भूमिका गर्न तयार हुने बताउँछिन् ।
For More videos Log on to Mazzako TV