‘नाई नभन्नु ल ५’ को ट्रेलरमा निरुता, स्वतिमा देखी केकी सम्म (भिडियो)
बिकाशराज अर्चायको निर्देशन रहेको ‘नाई नभन्नु ल’ को पाचौ सिक्वेल ‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै माया, प्रेम र रोधनलाई समेटिएको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वतिमा खड्का, नव नायक अभिषेक नेपाल, अनुभब रेग्मी र सेड्रिना शर्मालाई समेटिएको छ ।

फिल्ममा अनुभब र सेद्रिनाको जोडीको रुपमा प्रस्तुत गरिएको छ, भने स्वतिमासंग नवनायक अभिषेकले रोमान्स गरेका छन् । फिल्मलाई इलामको रमणिय दृष्यले अझै मज्जाको बनाएको छ । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ । निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए ।
बसन्त सापकोटाको संगीत रहेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी छ । पुरुशोत्तम प्रधानको छायांकन, अर्जुन जिसी र नकुल खड्काको सम्पादन रहेको छ । फिल्मलाई संचारकर्मी सामिप्यराज तिम्लिसिना निर्देशक र बिकाशराज अर्चायले लेखेका हुन् ।
For More videos Log on to Mazzako TV








