लामो ग्यापले श्रृष्टीलाई फाइदा कि घाटा ?
कहिलेकाही कलाकारले लामो ग्याप लिएर काम गर्दा घाटा लाग्ने गर्दछ । किनकी, फिल्म हलमा नआउँदा कलाकारहरु मिडियासँग टाढा बसेका हुन्छन् । जसले उनीहरुको चहलपहल कम हुन्छ र उनीहरु हराएजस्तै हुन्छन् ।
गाजलु सिनेमापछि अभिनेत्री श्रृष्टी श्रेष्ठले पनि लामो ग्याप लिइन् । करिब २७ महिना लामो ग्यापले उनलाई घाटा लाग्ला कि फाइदा ? श्रृष्टीले अभिनय गरेको रोमियो एन्ड मुना साउनको ११ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा श्रृष्टी र विनय श्रेष्ठको अभिनय छ । श्रृष्टीको फ्यान नेपालमा राम्रै छन् । यसैले पनि श्रृष्टी फिल्म चल्नेमा ढुक्क त छिन् ।
तर, उनी लामो समयसम्म ग्याप बस्दा दर्शकले कतै उनलाई विर्सिएका त छैनन् भन्ने चर्चा समेत चलेको छ । रोमियो एन्ड मुनाको लभ स्टोरीले श्रृष्टीलाई दर्शकमाझ फेरि ब्यूताउने अपेक्षा गरिएको छ ।
For More videos Log on to Mazzako TV