कस्तो होला अनमोल लोकगीतमा नाच्दा ?
अभिनेता अनमोल केसीले आफूले अभिनय गरेका फिल्मको गीत आफै रोज्छन् । उनले, रोज्ने गीतहरु यूवापुस्तामा मात्र टार्गेट गरिएका हुन्छन् । यसैले पनि अनमोल गीतको मामालामा अनलक्की मानिएका छन् ।
तर, यसपटक भने अनमोलले गीतलाई विशेष महत्व दिएको वुझिएको छ । अनमोल अभिनित फिल्म क्याप्टेनको छायांकन भैरहेको छ । यो फिल्ममा ३ वटा गीत समावेश छ । तर, अनमोलकै करिअरमा पहिलो पटक उनी लोकगीतमा पनि नाच्दैछन् ।
अर्जुन पोखरेलले तयार पारेको संगीतमा अनमोल नाच्ने तयारी गरेका हुन् । अनमोल केसीले गीत खुबै मन पनि पराएका छन् । गीत फरक खोज्दै आएका अनमोल क्याप्टेनबाट भने चलनचल्तीकै गीतमा फर्किएका छन् । अनमोल लोकगीतमा नाच्दा कस्तो देखिएलान् ?
For More videos Log on to Mazzako TV