लगालग फिल्म नलेपछि अभिनेता दयाहाङ राई अब बर्षमा कम मात्र फिल्म खेल्ने बताउँदै आएका छन् । दयाले धेरै फिल्म गर्दा उनी दर्शकबाट पत्याउन छाडेका हुन् । उनै, दयाले अभिनय गरेको भैरे फिल्म साउन ४ गतेबाट रिलिज हुँदैछ ।

यो फिल्ममा दया शिर्ष भूमिकामा छन् । दयाले आफूले यो फिल्मको कथा मन परेकाले नछाडेको बताएका छन् । कथावस्तु पढेपछि आफूलाई सुहाउँदो भएकाले छाड्न नसकेको दयाले बताएका छन् । निर्देशक एभरेष्ट सूर्य बोहरा मुलधारबाट आएका निर्देशक भएकाले उनले सबै दर्शकलाई मनपर्ने फिल्म बनाएको दयाले बताएका छन् ।

दयाहाङ राइले यो सिनेमाले व्यापारिक रुपमा सफलता कमाउने पनि बताएका छन् । उनले, सिनेमाबाट आफू आशावादी रहेको सुनाए ।

 

For More videos Log on to Mazzako TV