सलोनको बाबु कान्छामा के छ ?
अभिनेता सलोन बस्नेतले असार २९ गतेबाट रिलिज हुन लागेको बाबु कान्छा फिल्म आफ्ना लागि विशेष भएको बताएका छन् । उनले, यो फिल्मका लागि आफू र आफ्नो टिमले खुबै मिहिनेत गरेको भन्दै पारिवारिक फिल्म बनेको बताएका छन् । मोफसल टुरमा रहेका सलोनले चितवनमा पत्रकारसँग कुरा गर्दै यो कुरा बताएका हुन् ।

उनले, सानोको सलोन ठूलो भयो है भनेर जानकारी दिन फिल्मको प्रचारमा नेपाली बाबुको केही दृश्य राखेको बताए । यस्तै, अभिनेत्री करिश्मा श्रेष्ठले यो फिल्ममा आफू सामान्य भूमिकामा रहेको बताइन् । जीवनमा केही गर्न चाहने यूवतीको भूमिकामा दर्शकले आफूलाई देख्न सक्ने करिश्माको भनाई छ ।
शोभित बस्नतेको निर्माण तथा निर्देशनमा तयार भएको यो सिनेमाले एउटा यूवाको कथा भन्छ । निर्देशक शोभित बस्नेत भने फिल्मको काम नसकिएला काठमाण्डौ बाहिर जान पाएनन् । रवि अधिकारी यो सिनेमाको कार्यकारी निर्माता हुन् ।
For More videos Log on to Mazzako TV








