चौका दाउ फिल्ममा मुख्य सोलो हिरोइन बनेपछि अभिनेत्री बर्षा राउत दंग छिन् । बर्षा राउतलाई दर्शकले यो सिनेमामा ५ पुरुषको एक्ली अभिनेत्रीको रुपमा देख्न पाउनेछन् । बर्षाले केही फिल्ममा त तौल बढी भएकाले गर्दा हात समेत धुनु परेको छ ।

यसैले पनि बर्षा दैनिक जीम धाएर तौल घटाउने धुनमा लागेकी छिन् । उनलाई कसैले मोटी भनिदियो भने उनी तौल घटाउँदै त छु भनेर रिसाउँछिन् । तर, दुब्लाउनु भएछ नी भन्दियो भने मख्ख पर्छिन् । काठमाण्डौमा भएको एक कार्यक्रममा निलो कुर्ता सुरुवालमा पुगेकी बर्षालाई पहिरन खुबै सुहाएको थियो ।

उनले, आफू दुब्लाएका कारण भने पहिरन सुहाएको हुन सक्छ भन्दै खुशी व्यक्त गरिन् । बर्षा पहिरनमा मामालामा विन्दास छिन् । उनको यही विन्दास शैलीलाई दर्शकले मन पराउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV