फस्टलुकमा यस्तो छ कथा काठमाण्डौ
रियल लाइफमा प्रेमी प्रेमिकाको रुपमा रहेका कलाकारद्धय प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई दर्शकले कथा काठमाण्डौ फिल्ममा भने जोडीको रुपमा देख्न पाउने छैनन् । यो सिनेमाको पोष्टर रिलिज भएको छ । सिनेमा असोज १२ गतेबाट रिलिज हुने जानकारी समेत गराइएको छ । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो सिनेमालाई विजय राइले निर्माण गरेका हुन् ।

सिनेमामा प्रियंका कार्की र प्रमोद अग्रहरिको जोडीलाई देख्न सकिन्छ । यस्तै, आयुष्मा देशराज जोशी र प्रेक्षा अधिकारीको जोडीलाई फिल्ममा देखाइएको छ । यस्तै, अभिनेता संजोग कोइराला र सन्ध्या केसीको जोडीलाई फिल्ममा देखाइएको छ ।
काठमाण्डौमा रहेर विभिन्न क्रियाकलाप गर्दै आएका मानिसहरु र उनीहरुको समस्यालाई फिल्मले उठान गरेको निर्देशक श्रेष्ठले जानकारी दिएकी छिन् । सिनेमामा गायिका इन्दिरा जोशीको विशेष भूमिका छ ।
For More videos Log on to Mazzako TV







