मिलन चाम्स निर्देशित असार २९ गतेबाट रिलिजमा आउँने फिल्म ‘बोबी’ फिल्म युनिटले प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ । यसै साता फिल्म युनिट मोफसल प्रचार यात्रामा थियो । फिल्म ‘बोबी’ मा कविता गुरुङ र उमेश थापाको रियल स्टोरीलाई फिल्ममा प्रस्तुत गरिएको छ, भने यहि जोडीको नै फिल्ममा अभिनय छ ।


कविता गुरुङ र उमेश थापाको कथा मन परेकोले ‘बोबी’ निर्माण गरेको निर्देशक चाम्सले बताएका । ‘उनीहरुको जीवन, संघर्ष र प्रेमले नै फिल्ममा लगानी गर्न तयार भएको उनको भनाई थियो । निर्देशक चाम्स थप्छन्– ‘कबिता र उमेशको कथाले सबैको मन छुन्छ ।’

त्यस्तै फिल्मका कलाकार तथा विमान चालक विजय लामाले निर्देशक चाम्सको काम गर्ने शैली र कविता र उमेशको कामको तारिफ गरे । कलाकार लामाले पनि कथाबस्तु मन परेकाले नै अभिनय गर्न तयार भएको बताए ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV