सेक्स र क्राइमको कथालाई प्रस्तुत गरिएको फिल्म ‘चक्कर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । अनुष्क रौनियार निर्देशित फिल्मको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेता अर्पण थापाले आफ्नो अनुहारमा ब्यान्डेज लगाएका छन् भने अभिनेत्री ऋचा शर्मा प्रहरी अफिसर्सको भूमिकामा प्रस्तुत छिन् ।

फिल्ममा भोलाराज सापकोटा, सृजना सुब्बा, एभोनराज उप्रेती र स्मृति पोखरेल पनि प्रमुख भुमिकामा छन् । साउन ४ गते लाई प्रर्दशन मिति तोकिएको फिल्मलाई बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको निर्देशक अनुष्कले बताए ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मको सम्पादनको पनि निर्देशक अनुष्क स्वयंमले गरेका छन् । कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार फिल्ममा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

For More videos Log on to Mazzako TV