नायिका आँचल शर्मा फिल्मसंगै म्यूजिक भिडियोमा पनि उस्तै ब्यस्त उनि चर्चित छिन् । उनि अभिनित प्रायः भिडियो सफल छन् । हालै आँचल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ, भने बि. पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् । गीतका उदयराज पौडेल एरेन्जर हुन् ।

यूट्युबमा सार्वजनिक ’निवेदन’ बोलको गीतको भिडियो रमाईलो छ । दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ ।
विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV