अभिनेत्री पूजा शर्मा र सुष्मा कार्कीको दुश्मनी अझै चर्किएको छ । बिहिबार भएको एक कार्यक्रममा पूजा र सुष्माको दुश्मनी देखिएको हो । एउटै लहरमा बसेका अन्य अभिनेत्रीहरुसँग हात मिलाएपनि सुष्माले अभिनेत्री पूजा शर्मासँग हात मिलाउन मानिन् ।

अभिनेत्री रेखा थापाले पूजासँग हात मिलाउन गरेको आग्रहलाई सुष्माले अस्विकार गरेको स्पष्ट देखियो । पूजा पनि रेखालाई किन भन्नुपर्यो भन्दै रिसाएकी थिइन् । कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा पूजा सुष्मा उपस्थित भएकै कारण केक काट्ने कार्यक्रममा उपस्थित नभएको चर्चा चलेको थियो ।

यसपछि पूजा र सुष्माको दुश्मनी अझै देखिएको थियो । सुष्मा निर्देशक सुदर्शन थापाको पूर्व प्रेमिका हुन् भने पूजाको नाम अहिले सुदर्शनसँग जोडिदै आएको छ ।

For More videos Log on to Mazzako TV