आफूलाई मेघास्टार र महानायिका नभनिएको भन्दै अभिनेत्री रेखा थापाले पत्रकारसँग गुनासो पोखेकी छिन् । उनले, आफूले ब्याक टु ब्याक हिट फिल्म दिएको, फिल्म क्षेत्र नै धानेको भन्दै आफूलाई पत्रकारले मेघास्टार र महानायिका नभनेको भन्दै चित्त दुखाएकी हुन् ।

२–३ वटा फिल्म खेलेका हिरोलाई मेघास्टार भन्ने पत्रकारले आफूलाई भने यत्रो योगदान गर्दा पनि यो उपमा दिन नसकेको रेखाको भनाई छ । अभिनेत्री रेखा थापाले पत्रकारले यो ठिक नगरेको समेत बताइन् । नेपालमा महानायकको रुपमा राजेश हमाललाई चिन्ने गरिन्छ । तर, मेघास्टार भनेर अहिलेसम्म कसैलाई पनि भनिएको छैन ।

सुपरस्टार, स्टारको पगरी भने धेरैले भिरिसकेका छन् । रेखा थापाले महानायिका, मेघास्टार नभनेको भनेर पत्रकारलाई गुनासो गरिरहँदा के अब पत्रकारले उनको नामको अगाडि यो उपाधी थप्लान् त ?

 

For More videos Log on to Mazzako TV