के छवि र शिल्पाको बिहे भैसकेको हो ?
अभिनेत्री रेखा थापाले आफ्ना पूर्व पति छविराज ओझाको बिहे अभिनेत्री शिल्पा पोखरेलसँग भैसकेको खुलासा गरेकी छिन् । रमाइलो छ डटकमको स्मारिकामा आफ्नो भनाई लेख्दै रेखाले छवि र शिल्पाको बिहे २ बर्ष अगाडि नै भएको खुलाएकी हुन् ।
उनले छवि र शिल्पाको बिहे भैसकेपछि पनि आफूसँग छविको नाम जोडेको भन्दै असन्तुष्टी जनाएकी छिन् । उनले अब, बिहे गरेको मानिससँग नै यो कुरा सोध्न मिडियालाई आग्रह समेत गरेकी छिन् । तर, अभिनेत्री शिल्पा पोखरेलले भने रेखाको कुरालाई ठाडै अस्विकार गरेकी छिन् ।
उनले, आफू र छवि अलग अलग घरमा बस्ने गरेको कुरा रेखालाई थाहा नभएको हो कि भन्दै प्रश्न पनि गरेकी छिन् । शिल्पाले यस बिषयमा रेखासँग कुरा गर्ने समेत बताएकी छिन् ।
For More videos Log on to Mazzako TV