बोबीमा पैसा उमेशको कि मिलनको ?
नर्वेमा रहेका उमेश थापा र उनकी श्रीमति कविता श्रेष्ठलाई ल्याएर निर्देशक मिलन चाम्सले फिल्म बनाउन सुरु गर्दा धेरैले यसमा उमेशकै लगानी रहेको वुझेका थिए । किनकी, फिल्म वृत्तमा नआएका जोडीलाई नै फिल्ममा खेलाउँदा रिस्क हुने नै थियो । उमेश र कविताले आफ्नो लगानीमा आफ्नो प्रेम कथा देखाउन चाहेको हुनसक्ने सबैले वुझेका थिए ।

तर, फिल्मका निर्देशक मिलन चाम्सले भने बोबीका उमेश र कविताको फिल्ममा लगानी नभएको बताएका छन् । उनले, उमेश र कविताको वास्तविक जीवन कुनै फिल्म भन्दा कम नभएकाले कथा मन पराएर फिल्म बनाएको बताए । उनीहरुलाई नै खेलाउँदा जिवन्तता आउने भएकाले काम गराएको मिलने बताएका छन् ।
असार २९ गतेबाट रिलिज हुन लागेको बोबीले उमेश र कविताको प्रेम, प्रेमका लागि गर्नुपरेको संघर्ष र रोमान्सलाई उठान गरेको छ ।
For More videos Log on to Mazzako TV








