पूजासँग प्रदिप किन भिड्दैछन् ?
३ बर्ष लामो दुश्मनीलाई तोड्दै साथी बनेका अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माविच हलमा भने लडाई हुने भएको छ । भदौ २२ गते पूजाले निर्माण तथा अभिनय गरेको फिल्म रामकहानीको प्रदर्शन मिति पहिले नै तोकिएको थियो । तर, अब यो मितिमा अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म रोजी पनि आउने भएको छ ।

योसँगै पूजा र प्रदिपको हलमा भिडन्त पक्का देखिएको छ । सुदर्शन थापाले निर्देशन गरेको रामकहानी कमेडी र प्रेमको कथामा निर्माण भएको छ । रोजीले भने प्रेमीकाको हत्या गरेका प्रेमीको कथालाई उठाएको छ । पूजा र प्रदिपको भिडन्तमा कसले जित्छ, त्यो भदौ २२ गते थाहा हुनेछ ।
तर, प्रदिप र पूजाको भिडन्तलाई फिल्म वृत्तमा चासोको साथ हेरिएको छ । आखिर, किन प्रदिप पूजासँग भिड्नका लागि तयार भए भन्ने पनि मुख्य कुरा हो ।
For More videos Log on to Mazzako TV








