मन्त्रिपरिषद्ले शेरबहादुर देउवाको सरकारले भदौपछि गरेका सबै राजनीतिक नियुक्ती खारेज गरेपछि अहिले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पद पनि धरमराएको छ । शेरबहादुर देउवाको सरकारमा राजनीतिक नियुक्ती पाएकी निकिताले अब पद छाड्लिन् या अदालतको बाटो समात्लिन् भनेर हेर्नेहरु पनि धेरै छन् ।

तर, बोर्ड अध्यक्ष निकिताले भने आफूले अहिले नै के गर्ने भनेर सोचिनसकेको बताएकी छिन् । सरकारबाट आधिकारिक पत्र प्राप्त भएपछि मात्र आफूले के गर्ने भन्ने बिषयमा निर्णय लिने निकिताले बताएकी छिन् । निकितालाई तत्कालिन सरकारले २ बर्षका लागि बोर्डमा नियुक्त गरेको थियो ।

तर, बोर्डमा नियुक्त भएको १० महिनामै उनको पद धरापमा परेको हो । निकिता अहिले बक्स अफिस लागू गर्ने तयारीमा लागिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV