अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म कायरा र इन्टु मिन्टु लण्डनमा करिब डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । यी दुबै फिल्मको प्रचार सामाग्री बाहिरिएका छन् । कायराको ट्रेलर र इन्टु मिन्टु लण्डनमाको टिजर रिलिज भएका छन् । तर, युटुबमा रिलिज भएका यी दुबै सामाग्रीले त्यस्तो दर्शक तान्न सकेको देखिदैन ।

दुबै फिल्म लभ स्टोरी कथामा निर्माण भएका छन् । दुबैका निर्मातालाई प्रचार सामाग्रीबाट ठूलो आशा थियो । तर, आर्यन सिग्देल र साम्राज्ञीको रोमान्सले सोचेजस्तो चर्चा पाएको छैन । विश्वकप फुटबलको प्रभाव यसमा परेको हुनसक्छ । इन्टु मिन्टु लण्डनमाकी निर्देशक रेनशा वान्तवा राइलाई त टिजरले खुबै चर्चा पाउने आशा थियो ।

तर, धिरज मगर र साम्राज्ञीको रोमान्टिक लभ स्टोरी फिल्मको टिजर अपेक्षित चर्चित बनेन । दुबै फिल्ममा साम्राज्ञीको एउटै प्रकारको भूमिका छ । दुबै फिल्ममा उनी प्रेमिकाको भूमिकामा देखिएकी छिन् । केही विवादित कान्डपछि साम्राज्ञीको क्रेज घटेको विश्लेषण गर्न थालिएको छ ।

For More videos Log on to Mazzako TV