कथा साम्राज्ञी पढ्छिन्, पारिश्रमिक आमाले भन्छिन्
सार्वजनिक कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एक्लै पुग्दिनन् । आमा नेहा राज्यलक्ष्मी शाहविना साम्राज्ञी प्राय कमै मात्र कार्यक्रममा पुग्ने गरेको पाइन्छ । साम्राज्ञीलाई आखिर आमाको यति धेरै साथ किन चाहिन्छ ? साम्राज्ञी अहिलेकी डिमाण्डेड हिरोइन हुन् ।

यसैले उनलाई फिल्ममा फाइनल गर्न सजिलो भने छैन । तर, साम्राज्ञीलाई फाइनल गरिहालेको खण्डमा पनि उनलाई मात्र चित्त वुझाएर नहुने रहेछ । साम्राज्ञीले आफूले कथा पढेर फाइनल गर्ने बताएकी छिन् । तर, पारिश्रमिकको हकमा भने साम्राज्ञीले कहिले पनि डिल गर्दिनन् ।
साम्राज्ञीका अनुसार, उनकी आमा नेहाले नै परिश्रमिक डिल गर्ने गरेकी छिन् । साम्राज्ञीकी आमालाई चित्त वुझाएको खण्डमा बल्ल साम्राज्ञीले काम गर्ने पक्का हुन्छ । आखिर, आमा छोरीको यो कम्बिनेसन छैन त गज्जब ।
For More videos Log on to Mazzako TV








