यहि असार २९ गतेबाट देशभरका सिनेमाघरमा रिलिजमा आउँने फिल्म ‘बाबु कान्छा’ को शिर्ष गीत रिलिज भएको छ । सलोन बस्नेत, करिश्मा श्रेष्ठ र अन्य कलाकारहरु प्रस्तुत छन् । गीतमा वरिष्ट संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाको स्वर सुन्न सकिन्छ । बाँस्कोटाले लामो समयको ग्यापपछि गीत गाएका हुन् । गीतमा शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ ।

सोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् । फिल्मका सहनिर्मातामा सन्तोष राज भण्डारी र सुरज घिमिरे छन् ।फिल्ममा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको समेत अभिनय छ ।

‘बाबु कान्छा’ मा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायाँकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन छ ।

For More videos Log on to Mazzako TV