उमेश र कविताको रियल प्रेम झल्कियो (भिडियो)
मिलन चाम्स निर्देशित वास्तविक प्रेमकथामा आधारित फिल्म ‘बोबी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त ‘अरे सुन’ बोलको गीतमा उमेश थापा र कविता गुरुङ प्रस्तुत भएका हुन् ।यहि असार २९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्ममा उमेश र कविताको रियल कपलकै अभिनय रहेको छ । गीतमा ताराप्रकाश लिम्बुको शब्द तथा संगीत छ भने प्रविशा अधिकारी र संगीतकार लिम्बुको स्वरले मन छुन्छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश र कविता रोमान्टिक अबतार नर्वेको मनै लोभ्याउँने दृष्यहरुले गीललाई मज्जाको बनाएको छ । बनिश शाहको सम्पादन रहेको भिडियो नवराज कृष्ण थापाले खिचेका हुन् ।फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको समेत अभिनय छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराईरगिरिराज घिमिरेको स्क्रिप्ट, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटारताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
For More videos Log on to Mazzako TV