स्विकार नगरेपनि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा छन् भन्ने कुरा नौलो भएन । आँचल र पल प्रेममा रहेको खबर सार्वजनिक भएदेखि आजसम्म यी दुइको प्रेमको मात्र खबर आइरहेको छ । भिडियो इन्टरभ्यूमा पनि आँचल र पलको प्रेम, बिहेको कुरा मात्र जोडिएको हुन्छ । अहिले त आँचलको परिवारले पलसँगको प्रेम, बिहेको कुरामा समेत खुलेरै बोल्न थालेका छन् ।

आँचल र पलको जोडी हिट छ । तर, अब एउटा प्रश्न उब्जन थालेको छ । साच्चै, आँचल र पलको जोडी हिट हो कि यी दुइको प्रेम र बिहेको खबर हिट ? युटुबमा तयार भएका भिडियोमा पनि आँचल र पलको बिहे, प्रेमकै कुरा जोडिएको हुन्छ ।

फिल्म प्रचारमा पनि यी दुइको यही कुरा नै जोडियो । सबैतिर, बिहे र प्रेमको कुरा आउँदा आँचल र पललाई यो हल्लाले उछिनेको त होइन भन्ने देखाउन थालेको छ ।

For More videos Log on to Mazzako TV