शरीर बनाएर मात्र हिरो बनिदैन भन्ने अभिनेता सविन श्रेष्ठले वुझेका होलान् । शरीर राम्रो भएर मात्र हिरो बन्ने भए सविन अहिलेका नम्बर १ हिरो हुन्थे । तर, उनको त अहिले हलमा सिनेमा आएको र गएको नै पत्तो हुन छाडेको छ । यो साता सविनले अभिनय गरेको ए सोल्टिनी फिल्म रिलिज भएको थियो ।

तर, हलमा दर्शकको उपस्थिती विजोग थियो । सविनको सिनेमा नछुटाई हेर्ने कोही फ्यान छन् भने उनीहरुलाई पनि ए सोल्टिनी आएको र गएको पत्तो भएन । सविन श्रेष्ठले कस्तो सिनेमामा काम गर्ने भनेर नसोच्दा अहिले उनले यो नियती भोगिरहेका छन् । अब, अर्को हप्ता पनि उनकै अनुहार पोष्टरमा देखिनेछ ।

चोखो माया नामक फिल्म हलमा लाग्नेछ । फिल्ममा सविन नै मुख्य भूमिकामा छन् । तर, यो सिनेमा पनि छ भन्ने पत्तो त दर्शकलाई के मिडियालाई पनि छैन होला । अनी यस्तो हालतले सविनको फिल्मको अवस्था के होला ? भित्तामा पोष्टर फेरिएला तर सविन फेरिने छैनन् ।

For More videos Log on to Mazzako TV