पाल्पाको रानी महलमा छायांकन सकेर सिफ्ट हुने समयमा विवाद भएपछि रानी महल फिल्मको छायांकन स्थगित भएको छ । घोषणा भएको दिनदेखि नै बन्छ या बन्दैन भन्ने दुविधामा रहेको यो सिनेमा अब फेरि बन्छ या बन्दैन भन्ने दुविधा देखिएको छ ।

पूर्व मिस नेपाल निकिता चन्दकले लीड भूमिकामा काम गरेको यो सिनेमाका निर्माता र प्रोडक्शन म्यानेजरविच आर्थिक कुरामा लफडा भएको हो । आफूले प्राविधिकका लागि भनेर दिएको पैसा प्रोडक्शन म्यानेजर गणेश सापकोटाले प्राविधिकलाई नदिएको, ५० लाखमा ७ लाख बेरुजु रकम रहेको लगायतको कारण देखाउँदै फिल्मका निर्माता वेदप्रसाद भुसाल आक्रोशित छन् ।

उनले २० प्रतिशत छायांकन सक्दा नै २ करोड रुपैयाँ सकिएको बताएका छन् । यस्तै, प्रोडक्शन म्यानेजर गणेश सापकोटाले भने पैसा सकिएपछि निर्माताले विभिन्न खालको आरोप सुरु गरेको बताएका छन् । हिमाल न्यौपानेले यो सिनेमाको निर्देशन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV