चि मुसी चीको रियल जोडी ?
साउन ११ गतेबाट रिलिज हुने चि मुसी ची सिनेमामा सुनिल क्षेत्री र एलिसा शर्माले काम गरेका छन् । सिनेमामा यो जोडीलाई निर्देशक दिनेश श्रेष्ठले थ्रिलर भूमिका दिएका छन् । भारतमा राम्रै चर्चा कमाएका यी दुइले नेपाली सिनेमामा पाइला राखेका छन् ।
सुनिल र एलिसाले पाइला राख्दै गर्दा यी दुइ प्रेममा रहेको हल्ला सुरु भएको छ । सिनेमा हेर्नदेखि विभिन्न ठाउँमा यी दुइलाई देख्न सकिन्छ । सुनिलले बनाउने भिडियोमा पनि एलिसाको हालिमुहाली छ । यसैले पनि सुनिल र एलिसा प्रेममा रहेको चर्चा सिने वृत्तमा चल्न थालेको छ ।
सुनिल र एलिसाको निकटताले यो कुराको पुष्टी पनि गर्छ । सिनेमाको प्रचार सामान्य तरिकाले मात्र अगाडि बढेको छ । सुनिल र एलिसा भने आफ्नै दुनियाँमा रमाइरहेका छन् ।
For More videos Log on to Mazzako TV