बर्षाका लागि प्रशान्त र अनुपको भिडन्त (भिडियो)
यहि भदौ १ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘जय शम्भु’ को टिजर सार्वजनिक भएको छ । रुपेश तामाङ निर्देशित फिल्मको १ मिनेट लामो टीजर अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको एक्शन दृष्यले भरिएको छ भने बिचमा नायिका वर्षा सिवाकोटी रोमान्टिक भएर प्रस्तुत भएकी छिन् । ।
फिल्ममा वर्षाका लागि दुई अभिनेता एकअर्कासँग भिडेका टीजरबाट बुझ्न सकिन्छ । बर्षा, प्रशान्तसंग रोमान्टिक भएकी छिन्, भने अनुपसंग पनि उत्तिकै रोमान्कि देखिन्छिन् ।
टीजरमा अनुप र प्रशान्त दुवै एङग्री अवतारमा प्रस्तुत भएका छन् । फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतको समेत अभिनय छ ।
फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको फिल्मका अरविन्द्र शाक्य हुन् । फिल्मका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।
For More videos Log on to Mazzako TV