अभिनेत्री संचिता लुइटेल हिजोआज कता व्यस्त होलिन् ? तपाई यस्तै सोच्नु भएको छ भने, यसको जवाफ हामी दिदैछौ । संचिता लुइटेल फिल्ममा व्यस्त हुन छाडेको धेरै भैसक्यो । विज्ञापनमा उनी कहिलेकाही देखिन्छिन् ।

अभिनेता निखिल उप्रेतीसँग संचिताको घुमघाम पनि खुबै देखिन्छ । संचिताले फिल्ममा काम गर्न छाडेपछि उनको व्यस्तता उद्घाटन, विभिन्न सौन्दर्य कार्यक्रममा पुग्नु देखिएको छ । संचिता धादिङमा संचालनमा आएको रिसोर्ट उद्घाटन गर्न पुगेकी छिन् । ‘नौबिसे एग्रो रिसोर्ट’को धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र अभिनेत्री लुइटेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा संचितालाई मायाको चिनो पनि प्रदान गरिएकोयिो । संचालनमा आएको रिसोर्टमा सेमिनार, सभा हल, रेष्टुरा, गार्डेन रेष्टुरा र बारको व्यवस्था छ ।

 

For More videos Log on to Mazzako TV