नयाँ नेपाली फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माण हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयमेजना गर्दै वितरक तथा निर्माता करण श्रेष्ठले फिल्मको निर्माण घोषणा गरेका हुन् । फिल्म भदौ अन्तिम साताबाट फ्लोरमा जाने फिल्मलाई निर्माता करणले निर्देशनमा गर्न लागेका हुन् ।

कमेडी र सोसल स्टोरीमा निर्माण हुने फिल्ममा नाजिर हुसेन, सुस्मिता बुर्लाकोटी, बुद्धि तामाङ, विजय बराल, भोला सापकोटा, कमलमणी नेपाल, राजन खतिवडा, सरिता गिरी, दमन रुपाखेती लगायतको अभिनय रहनेछ ।

फिल्ममा अझै एक अभिनेत्रीको लिड अभिनय रहनेछ । उनको नाम भने कार्यक्रममा खुलाइएन । फिल्ममा एक ट्याक्सी ड्राइभर र बारमा काम गर्ने एक युवतीबीचको प्रेम देखाइनेछ । अमृत माया श्रेष्ठ प्रस्तुतकर्ता रहेको ‘ल्याङ्ग ल्याङ्ग’ को कथा सोम खुस्कु माझीले लेखेका हुन् । काठमाडौं, सिन्धुली, अष्ट्रेलिया, बहराईनमा खिचिने फिल्ममा टंक बुढाथोकीको संगीत र अर्जुन भट्टराईले गीत लेखेका छन् ।

प्रदीप कुमार चौधरीको फिल्ममा स्क्रिन प्ले र डाइलग छ । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने उक्त फिल्म सम्पादन गर्ने जिम्ममा साहिल खानले पाएका छन् ।

 

For More videos Log on to Mazzako TV