असार २९ बाट प्रदर्शनमा आउँने फिल्म ‘बोबी’ ले प्रचार–प्रसार आक्रामक बनाउने भएको छ । मिलन चाम्स निर्देशित प्रचार–प्रसारकै क्रममा देशव्यापी कन्सर्ट गर्ने भएको हो । ‘बोबी’ लाइभ कन्सर्ट – नेपाल टुर’ नाम दिइएको कन्सर्ट असार १८ गते पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा टुंगिनेछ ।

टुरमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ टिमबाट कक्रोज र बलेका साथ कलाकार र विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ‘बोबी’ का मुख्य पात्र कविता गुरुङ र उमेश थापा सहभागी हुने बताइएको छ ।

१८ गते पोखरा (सभागृह मिडटाउन), १९ गते चितवन (नारायणी रिभर साइड), २० गते हेटौडा (बुद्ध चोक), २१ इटहरी (इटहरी मल आइ सिनेमा), २१ गते धरान (बसपार्क), २२ गते दमक (गोर्खा डिपार्टमेन्ट), २२ गते बिर्तामोड (हनुमान कम्प्लेक्स) हुँदै ‘बोबी’ युनिट राजधानी फर्कने छ । त्यसपछि २५ गते काठमाडौँको बिजी मल, २५ गत नै ललितपुरको लगनखेलमा कन्सर्ट गर्दै २६ गते किर्तिपुर र भक्तपुरको सुर्य्विनायकमा पुगेर टुर समाप्त हुनेछ ।

‘बोबी’ उमेश र कविताको सत्यकथामा आधारित रहेर निर्माण गरिएको सिनेमा हो । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

फिल्ममा उमेश र कवितासंगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV