यहि असार २९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘बोबी’ का पोष्टर रिलिज भएका छन् । मिलन चाम्स निर्देेशित फिल्मको प्रचार प्रसारलाई तिब्रता दिइएको छ । फिल्ममा उमेश थापा र कविता गुरुङ रियल कथामा प्रस्तुत गएिको छ, भने उक्त भूमिकामा उमेश र कविताले नै अभिनय गरेका छन् ।


पोष्टरमा पनि यी दुई कलाकारलाई प्राथमिकता दिइएको छ । दुईको प्रेम, रोमान्स, रोदन, संघर्ष, परिवार, जीवन पोष्टरममा झल्किन्छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराईर गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।


फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको को पनि अभिनय छ ।

 

For More videos Log on to Mazzako TV