कोरियोग्राफर रेनशा वान्तवा राइ र निर्माता प्रज्ज्वल शमशेर राणाको सम्बन्धको बारेमा फिल्मकर्मी र पत्रकारलाई थाहा थियो । तर, उनीहरुको प्रेमको खबर मिडियामा आएको थिएन । यसैले पनि दर्शकले उनीहरुको प्रेम सम्बन्धको बारेमा वुझ्न पाएका थिएनन् । तर, इन्टु मिन्टु लण्डनमाको टिजर रिलिज कार्यक्रममा भने रेनशा र प्रज्ज्वलको प्रेम सम्बन्ध खुलेको छ ।

रेनशाले प्रज्ज्वललाई आफ्नो रियल लाइफको हिरो भनेकी छिन् । हरेक मानिसको जीवनमा एउटा न एउटा हिरो हुने भन्दै उनले प्रज्ज्वल आफ्नो जीवनको हिरो भएको बताएकी छिन् । उनले, यसो भनिरहँदा प्रज्ज्वल मुस्कुराएका थिए ।

प्रज्ज्वलको निर्देशनमा रेनशाले इन्टु मिन्टु लण्डनमा फिल्म बनाएकी हुन् । उनले फिल्मका हिरो धिरज मगरलाई भने रिल हिरोको उपमा दिइन् ।

For More videos Log on to Mazzako TV