यहि श्रावण २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने ‘कहिँ कतै’ को नयाँ गीत सार्वजनिक भएको छ । शबिर श्रेष्ठले लेखन तथा निर्देशन रहेको फिल्मको ‘यो मौसम’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । मनोज राजको शब्द, सचिन सिंहको संगीत रहेको गीतमा थुप्देन भूटिया र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

कमल राईले कोरियोग्राफी गरेको गीतको भिडियोमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ’बेबी’ गिरीको अभिनय रहेको छ । गीतको भिडियोमा भारतको सिक्कीम वरपरका मनोरम हिमाली दृश्यहरु समाबेश गरिएको छ ।

फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय छ । सिवानी र सोनमले फिल्म ‘कहिँ कतै’ बाट डेब्यू गरेका हुन् । सिक्कीम स्थायी घर भएकी नव(नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् ।


रोशन श्रेष्ठको द्वन्द्व, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

 

For More videos Log on to Mazzako TV