’चि मुसी चि’ को ट्रेलर यस्तो बनेर आयो (भिडियो)
यहि श्रावण ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ’चि मुसी चि’ को ट्रेलर रिलीज भएको छ । दिनेश श्रेष्ठ निर्देशित फिल्मको सस्पेन्स थ्रिलर ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । उक्त सार्वजनिक ट्रेलरले दर्शकमा के कथामा छ भन्ने कौतुहलता जगाउँछ ।
ट्रेलरमा नायकद्वय सुनिल क्षेत्री र शुसान्त कार्कीको टक्कर देखाईएको छ भने नायिका अलिशा शर्माको भूमिका बुझ्न सकिदैन् । निर्देशक दिनेश श्रेष्ठ भन्छन् ’सस्पेन्स थ्रिलमा नयाँ स्वादको फिल्म बनाएका छौँ, ट्रेलरमा जे(जति दृश्य छन् यि दृश्यहरुले त्यसलाई प्रष्ट पारेको छ ।’

इो फिल्मबाट नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । सुनिल र अलिशा दुबै नृत्य क्षेत्रमा भने चर्चित नाम हो । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल, सुशान्त, अलिशासंगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगयतको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् । यसअघि सार्वजनिक शिर्ष गीतले यूट्युबमा दश लाख बढि भ्यूज पाईसकेको छ ।
For More videos Log on to Mazzako TV








