अरु हलले सञ्जु नचालउँदा क्यूजलाई मालामाल
छुट दिने बिषयमा वितरण कम्पनी सीजीजीके र हलवालाहरुबिच कुराकानी नमिलेपछि शुक्रबारदेखि रिलिज भएको बलिउड फिल्म सञ्जु राजधानीका अधिकांश मल्टिप्लेक्समा लागेन । बिहिबार दिनभर भएको वार्ता समेत असफल भएपछि राजधानीका अधिकांश हलले संजु रिलिज गर्न मानेनन् । जसलेगर्दा, यसको सिंगल फाइदा राइजिङ मलमा रहेको क्यूज हललाई भएको छ ।

क्यूज हलले भने मंगलबार दिनभर नै दिदै आएको छुट हटाएर वितरकको कुरामा सहमती जनाएपछि सञ्जु रिलिज गर्यो । जसलेगर्दा, क्यूज हलमा दर्शकको भीड लागेको छ । राजकुमार हिरानीको निर्देशनमा तयार भएको सन्जुमा रणवीर कपुर मुख्य भूमिकामा छन् । रणवीर कपुरले अभिनेता संजय दत्तको भूमिका निर्वाहा गरेका छन् ।
अन्य हलले आफूहरुले हप्ताको एक दिन दिदै आएको छुट व्यवस्था नहटाउने भनेपछि सञ्जु रिलिज हुन नसकेको हो । सञ्जुका कारण ए सोल्टिनी बाहेक अन्य नेपाली फिल्म रिलिज हुन सकेनन् ।
For More videos Log on to Mazzako TV







