निर्माता किरण केसी सत्रु गते फिल्म हिट भएपछि हौसिएका छन् । उनले, अब अर्को कमेडी जनराको सिनेमा बनाउने भएका छन् । किरण केसीले मह संचारको ब्यानरमा निर्माण गर्न लागेको सिनेमाको नाम दाल भात राखिएको छ । दाल भातलाई किरणकै छोरा सुजन केसीले निर्देशन गर्ने भएका छन् ।

आफ्नो जन्म दिनको अवसरमा किरण केसीले यो सिनेमाको घोषणा गरेका हुन् । सिनेमामा को को कलाकार हुने एकिन गरिएको छैन । तर, सत्रु गतेकै टिम दोहोरिने खबर प्राप्त भएको छ । किरण केसीले कमेडी जनरामा रमाइलो सिनेमा बनाउने बताए । जन्मदिनको अवसरमा हरेक बर्ष किरणले कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

यसपटक किरणले आफ्नो जन्मदिनको अवसरमा हाँस्य कलाकार सन्तोष पन्त र पत्रकार विदुर गिरीलाई सम्मानित गरेका छन् । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, चैत्यदेवी, दिपकराज गिरी, दीपाश्री निरौला लगायत थुप्रै हाँस्य कलाकारहरुको उपस्थिती थियो ।

For More videos Log on to Mazzako TV