अभिनेता आकाश श्रेष्ठलाई समय मिलाउन नै धौ धौ परिरहेको छ । यसको मुख्यकारण, ३ वटा फिल्म छोटो समयको अन्तरमा रिलिज हुनु हो । आकाश अभिनित फिल्म ब्ल्याक भदौ १ गतेबाट रिलिज हुँदैछ । यो सिनेमाको पनि प्रमोशन चलिरहेको छ ।

यस्तै, आकाशकै अभिनय रहेको सिनेमा रामकहानी भदौ २२ गतेबाट रिलिज हुँदैछ । आकाशले यसका लागि पनि समय मिलाइरहेका छन् । यता, असोज १९ गतेबाट उनी अभिनित सिनेमा ड्रिम गर्ल रिलिज हुँदैछ । यसका लागि पनि उनले समय मिलाइरहेका छन् । यसरी, समय मिलाइरहँदा उनलाई मुश्किल त परेको छैन । ३ वटा सिनेमा छोटो अवधीमा रिलिज हुँदा आकाशले कसरी समय मिलाएका होलान् ।

आकाशले आफूले समय मिलाएर तिन वटै सिनेमालाई समय दिने बताएका छन् । उनले, पहिले रिलिज हुनेलाई अगाडि, त्यसपछि अर्को अनी अर्को सिनेमालाई समय दिने र प्रचारमा हिड्ने बताएका हुन् । आकाश अहिले डिमाण्डेड हिरोको रुपमा देखिएका छन् । यसैले, उनलाई सिनेमाको अफर पनि धेरै आइरहेको छ ।

For More videos Log on to Mazzako TV