नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगर अभिनित फिल्म ‘ईन्टु मिन्टु लण्डन’ मा को टिजर रिलिज गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘ईन्टु मिन्टु लण्डन’ को टिजर रिलिज गरिएको हो ।

नेपाल र युकेमा छायांकन गरिएको ‘ईन्टु मिन्टु लण्डन’ मा का लोभलाग्दा सिनहरु हेर्दा मज्जा लाग्छ । फिल्ममा साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायत मुख्य भूमिकामा छन् ।

आइकोर फिल्मसको प्रस्तुती रहेको ‘ईन्टु मिन्टु लण्डनमा’ लाई प्रभु शम्शेर जवरा र प्रज्जवल शम्शेर जवरा मिलेर बनाएका हुन् । फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV