अभिनेत्री आँचल शर्माले आफूलो सोलो हिरोइनको भूमिका कुरिरहेको बताएकी छिन् । फिल्म ब्ल्याकको पत्रकार सम्मेलनमा आँचलले फिल्म साइन नगर्नुको कारण खुलाउँदै यसो भनेकी हुन् । आँचलले धेरै कलाकार भएको फिल्ममा काम गर्दा छायाँमा परिने, कामको खासै चर्चा नहुने पीडा सुनाइन् ।

उनले, फिल्म सत्रु गतेमा काम गरेर आफूलाई फाइदा भएको बताइन् । तर, अबदेखि ठूलो समुह भएको फिल्ममा काम नगर्ने स्पष्ट पारिन् । आँचलले अब आफू लोभी भएको भन्दै सोलो हिरोइनको अफर मात्र स्विकार गर्ने बताइन् । आफू स्टार, सुपरस्टार बन्न नआएको भन्दै उनले थोरै फिल्म गर्ने तर सोलो अभिनेत्रीको भूमिकामा मात्र काम गर्ने बताएकी छिन् ।

आँचलले अब सत्रु गते जस्ता सिनेमा नगर्ने बताउँदै गर्दा उनको फिल्मी यात्रा कसरी अगाडि जाला भन्ने प्रश्न पनि सोझिन्छ । किनकी, आँचललाई सोलो अभिनेत्रीको रुपमा काम गराउँदा निर्माताले फाइदा हुने ठाउँ देख्न पनि मुश्किल छ ।

For More videos Log on to Mazzako TV