रोमियो एन्ड मुना फिल्मको प्रमोशनमा व्यस्त अभिनेत्री श्रृष्टी श्रेष्ठले यो फिल्मका हिरो विनय श्रेष्ठको कम आफ्नो डेब्यू फिल्म गाजलुका हिरो अनमोल केसीको प्रशंसा धेरै गर्न थालेकी छिन् । आफूलाई कसैले अनमोलकी हिरोइन भन्दा पनि दुख नलाग्ने श्रृष्टीले बताएकी छिन् ।

उनले, अनमोल केसीकै कारण आफूलाई धेरै दर्शकले चिनेको समेत बताएकी छिन् । जसलेगर्दा, कसैले आफूलाई अनमोलकी हिरोइन भन्दा फरक नपर्ने उनको तर्क छ । अनमोल केसीको क्रेजका कारण हलमा युवाहरु जान थालेको श्रृष्टीको भनाई छ । उनले, फिल्म रोमियो एन्ड मुनाको आफ्नो भूमिका गाजलुको भन्दा फरक रहेको पनि बताइन् ।

विनय श्रेष्ठको सहयोगी बानीका कारण काम गर्न सजिलो भएको उनले बताएकी छिन् । श्रृष्टी अभिनेता सौगात मल्लको प्रेममा छिन । गाजलुबाट संभावना देखाएपनि उनले त्यसपछि आशातित काम गर्न भने सकेकी छैनन् ।

 

For More videos Log on to Mazzako TV