प्रशान्तसंगै सुशील र ज्योत्सना ‘मायाङ्क’ मा

’ह्यान्डसम भिलेन’ अभिनेता प्रशान्त ताम्राकारले मुख्य भूमिका निर्वाह गर्ने फिल्म ‘मायाङ्क’ निर्माण हुने भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो ।

प्रशान्तसंगै अर्की एक अभिनेत्री समेत रहने छिन् । तर निर्माण टिमले उनको नाम र भूमिका गोप्य राखेको छ । रोमी मानन्धर निर्देशित फिल्म ‘मायाङ्क’ मा सुशील उप्रेती र ज्योत्सना योगी रहनेछ । निर्देशक रोमीले ‘मायाङ्क’ मिठो प्रेमकथामा आधारित फिल्म निर्माण हुने बताएकी छिन् ।

प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मका जितेन्द्र खतिवडा निर्माता हुन् । भदौ पहिलो साताबाट फ्लोरमा जाने फिल्मे माघमा रिलिज गर्ने तयारी छ ।









