अभिनेता अनमोल केसीले एउटा ब्रान्डको प्रमोशनका लागि १५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । अनमोलले क्याप्स ब्रान्डको पहिरनको प्रमोशनका लागि १५ लाख रुपैयाँ पारिश्रमिक लिएर संझौता गरेका छन् । अनमोल र क्याप्स ब्रान्डका संचालकविच शनिबार संझौता भएको हो । अब, अनमोलले यो ब्रान्डका पहिरनको १ बर्षसम्म प्रमोशन गर्नेछन् ।

१५ लाख पारिश्रमिक लिएसँगै अनमोल सर्वाधिक पारिश्रमिक लिने अभिनेता समेत बनेका छन् । ब्रान्ड प्रमोशनका लागि अहिलेसम्म कुनै पनि कलाकारले १५ लाख रुपैयाँ पारिश्रमिक लिएका छैनन् । अनमोल केसीको यूवापुस्ता क्रेज र उनको चकलेटी अनुहारका कारण उनलाई ब्रान्डसँग जोडेको गौतम वैश्यले बताएका छन् । अनमोलले पनि यो ब्रान्डसँग जोडिन पाउँदा आफू खुशी भएको बताएका छन् ।

बलिउडमा ब्रान्डबाट कलाकारले राम्रो रकम कमाएपनि नेपालमा कलाकारलाई ब्रान्डमा जोड्ने काम कमै मात्र भएको छ । तर, अहिले यूवा कलाकारको क्रेज बढ्न थालेपछि उनीहरुलाई ब्रान्ड एम्ब्यासडर बनाउन विभिन्न ब्रान्डहरु अगाडि आएका छन् ।

For More videos Log on to Mazzako TV