भैरवीमा प्रदिपले ५ लाख लिइसके
फिल्म बन्छ कि बन्दैन ? कृ फिल्म नचल्दै निर्माता सुवास गिरीले अभिनेता प्रदिप खड्कालाई लिएर भैरवी फिल्म बनाउने घोषणा गरे । फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम पनि सार्वजनिक भयो । तर, साम्राज्ञीले फिल्म साइन गरेकी छैनन् । कृ फिल्मले नाफा कमाउन नसकेपछि सुवास गिरी अहिले भैरवी बनाउने या नबनाउने दोधारमा छन् ।

किनकी, यो फिल्मका लागि पनि ३ करोड बजेट लाग्ने चर्चा छ । अभिनेता प्रदिप खड्काको सेड्यूल हेर्ने हो भने भैरवी तत्काल बन्ने अवस्थामा छैन । रोजी छायांकन गरिरहेका प्रदिप लभ स्टेशनमा काम गर्ने तयारीमा छन् । उनले, अहिले नै भैरवीका लागि समय छुट्याएका छैनन् ।
तर, भैरवी फिल्ममा १५ लाख पारिश्रमिक र नाफाको १० प्रतिशत लिनेगरि सहमती गरेका प्रदिपले ५ लाख पारिश्रमिक लिइसकेका छन् । भैरवी निर्माताको कारण बनेन भने प्रदिपले ५ लाख फिर्ता गर्नुपर्ने छैन । के निर्माता सुवास गिरीले भैरवी बनाउने आँट जुटाउलान् त ?
For More videos Log on to Mazzako TV








