निर्देशक निश्चल बस्नेतले नै निर्देशन गर्न लागेको फनफनी नामक फिल्ममा अभिनेता विपिन कार्कीले १८ लाख पारिश्रमिक लिएको खबर आएको थियो । विपिनले पनि आफूले थोरै फिल्ममा जोड दिएर काम गर्ने तर पारिश्रमिक राम्रै लिने बताएका थिए । तर, अब फनफनी बन्छ भन्ने देखिदैन ।

१८ लाख पारिश्रमिक लिएका विपिनले हिजोबाट छायांकन सुरु भएको प्रसाद फिल्ममा १७ लाख पारिश्रमिक लिएका छन् । निर्माता सुवास थापाले विपिनको डिमाण्ड अनुसारकै पारिश्रमिक दिएका छन् । विपिनले काम गरेको हरि, लालपूर्जा फिल्म चलेन । विपिन अभिनय राम्रो गर्छन् । तर, उनले अभिनय गरेका फिल्म चल्दैनन् । तर, पनि उनलाई पारिश्रमिक भने महंगो दिने गरेका छन् निर्माताले ।

१७ लाख रुपैयाँ पारिश्रमिक लिएका विपिनको स्टारडम प्रसादमा चलने भने के होला रु फिल्म नचलेपनि विपिनले आफ्नो पारिश्रमिक घटाउने बारेमा सोचेका छैनन् ।

 

For More videos Log on to Mazzako TV