यहि साउन ११ गतेबाट अलनोपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘चिँ मुसी चिँ’ को अडियो जुकबक्स रिलिज भएको छ । सार्वजनिक उक्त जुकबक्समा फिल्मा समाबेश पाँचवटा गीत छन् । दिनेश श्रेष्ठ निर्देशित फिल्ममा ’आउँ आज’, ’चिँ मुसी चिँ’, ’सानो सानो कुरा’, ’तिमीले माग्छौ भने’ र ’हाँस्दा हाँस्दै’ बोलका गीत रहेका छन् ।

शिर्ष गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । ’सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द(संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ ।

’तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द(संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । ’आउँ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । ’हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द(संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । ‘चिँ मुसी चिँ’ र ’तिमीले माग्छौ भने’ बोलका गीतको भिडियो भने यसअघि नै यूट्युबमा रिलिज भईसकेका छन् ।

फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेको छायांकन भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । ‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतको अभिनय छ ।

निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको फिल्मका शिवराज कार्की कार्यकारी निर्माता हुन् ।

For More videos Log on to Mazzako TV