साउन १८ गतेलाई प्रदर्शनको तयारीका साथ अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै लक्ष्मण रिजाल निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म कायरामा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक रोमान्स गरेका हुन् ।


प्रतिक्षित फिल्म कायाराको ट्रेलरमा आर्यन क्युट देखिएका छन् भने साम्राज्ञीलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । आर्यन र साम्राज्ञीको केमेष्ट्री मज्जाको देखिन्छ । फिलिपिन्समा खिचिएको फिल्मको निकै मज्जाका दृष्यहरुले मन लोब्याउँछ । आर्यन र साम्राज्ञीसँगै ट्रेलरमा कलाकार शिशिर राणालाई पनि देख्न सकिन्छ । निर्माता तथा कथाकार समेत रहेका आर्यनले कायरा म्युजिकल लभ स्टोरी फिल्म भएको बताएका छन् ।

फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह(निर्मातामा छन् ।

For More videos Log on to Mazzako TV