प्रसादमा चुरा पोते लगाएकी नम्रता (भिडियो)

सुवास थापा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म प्रसादको छायांकन सुरु भएको छ । काँडाघारीबाट यो फिल्मको छायांकन सुरु गरिएको हो । दिनेश राउतको निर्देशनमा तयार हुने यो फिल्मले निःसन्तान दम्पत्तीको जीवनमा आइपर्ने सामाजिक समस्यालाई उठान गरेको छ ।

यो फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ श्रीमान् श्रीमतिको भूमिकामा देखिदैछन् । फिल्मको शुभसाइत कार्यक्रममा नम्रता चुरा पोते लगाएरै उपस्थित भएकी थिइन् । फिल्ममा निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । तर, निश्चललाई फिल्ममा कस्तो भूमिका दिइएको छ भन्ने निर्देशकले खुलाएका छैनन् ।

फिल्मको कथा पत्रकार सुशिल पौडेलले लेखेका हुन् । यो फिल्मलाई विभिन्न महोत्सवमा समेत देखाउने निर्देशक राउत बताउँछन् । सुवास थापाले यो फिल्म निर्माण गर्न लागेका हुन् । राजेश श्रेष्ठको फिल्ममा छायांकन छ ।

For More videos Log on to Mazzako TV








